काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ताले चरम विवाद उब्जाएको थियो । ओलीले प्रचण्डलाई सँगै जान नसकिने भन्दै अब, आफ्नो-आफ्नो बाटौं लागौंभन्दै प्रस्ताव गरेसँगै विवदा बढेको हाे ।
त्यसपछि प्रचण्डले समेत खुमलटारमा आफु निकट नेताहरुलाई भेला पार्दै अलग(अलग नै जाने किसिमकाे तयारी थालेका थिए । तर, प्रधानमन्त्री समेत रहेका ओलीले यो सब खेल प्ले गरिरहेका बेला उनले गोटी बनाएका नेताहरुले प्रचण्डलाई अलग जाने माहोल पनि उत्पन्न हुँन दिएनन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डसँगको भेटघाटमा ओलीकै कुरालाई आधार मान्दै अघि बढ्नु पर्ने किसिमको संकेत गरेको थिए । ओलीले आफ्नै प्रपञ्चको लागि यो विवाद उब्जाएको र अहिले आफु निकट नेताहरुलाई प्रयोग गरेर प्रचण्डलाई शान्त पार्न खोजिरहेको अवस्था देखिन्छ ।
ओलीका नजिकका नेता एवं गृहमन्त्री थापालाई प्रचण्डले साथ चाहियो भन्दा अस्विकार गरेका थिए । यसबाट के बुझीन्छ भने, ओलीले प्रचण्डलाई फेरि आफुले चाहे अनुसार नै सहमितमा ल्याउँनेछन् । ओली निकट अन्य नेताहरुले समेत नेकपमा नफुट्ने र सहमित चाँडै हुने बताइरहेका छन् ।
यसबीच अहिलेको अवस्थामा ओलील र प्रचण्डबीचको भेटवार्ता पनि अनिश्चित रहेको छ । पार्टीभित्र विवाद बढेपछि ११ दिनपछि शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। तर प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच शनिबार झनै विवाद भएपछि अर्काे भेटवार्ता हुने कुनै टुङ्गो लागेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।