काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालपक्षका मानिने एक नेताले नेकपा ५ वर्षसम्म नफुट्ने ढुक्क रहेको बताएका छन् ।
नेता नेपाल निकट नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका हुन् ।
नेता रिजालले एक ट्वीट गदै भनेका छन्,’नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । नेकपा फुट्दैन, केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद पुनर्गठन हुन्छ, असहमतिहरुको समाधान बैठकबाट खोजिन्छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।