काठमाडौं - देशमा ईतिहासकै बलियो भनिएको झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार छ। उनको कुरा सुन्ने हो भने नेपाल विकाशोन्मुख देश होइन अत्यधिक विकासको बाटोमा छ विश्वमा उछिन्दै छ। तर, व्यवहारमा कहाँ त्यस्तो छर, यहाँ जनता रोग र भोकले मर्न थालिसके। जनताको स्वास्थ्य उपचारबाट पन्छिरहेको ओली सरकारले खुल्ला रुपमै आफ्नो नांगोपना देखाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना संक्रमितको निशुल्क उपचार गर्नू’ भन्दै दिएको परमादेश सच्याउन माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ। महान्यायधीवक्ताको कार्यालय मार्फत स्वास्थ्य मन्त्रालयले हिजो सोमबार पुनरावलोकन निवेदन दर्ता गरेको हो। त्यसो त हिजै स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध जनताको उपचारबाट पन्छिएको भन्दै एक वर्ष कैद र १० हजार जरिवानाको मागसहित रिट निवेदन पनि सर्वाेच्चमा दर्ता भएको छ।
सवस्थ्य मन्त्रालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा राज्यको सामथ्र्य हेरिनुपर्ने र यस अघि निशुल्क उपचार गर भन्ने आदेश सच्याउनुपर्ने माग छ। गत असोज १५ गते जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु अनिवार्य दायित्व भन्दै कोरोना संक्रमितको उपचार निशुल्क गर्न सरकारको नाममा सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले परामादेश जारी गरेको थियो।
संक्रामक रोगको उपचार गर्ने दायित्व सरकारको भएको जिकिर गर्दै अदालतमा अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका थिए। तर, उक्त रिटको सुनुवाई गर्दै अदालतले जारी गरेको परमादेशलाई सरकारले लत्याउँदै सच्याउनु पर्ने मागसहित पुनरावलोकन निवेदन दर्ता गराएको हो।
सरकारले कात्तिक २ गते कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने भनेको थियो। यसैबीच सोमबार यसअघिका रिट निवेदकहरू अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले परमादेशको पालना नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गराएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।