बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पछिल्लो २४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 3.0K
    SHARES

  • पछिल्लो २४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

    काठमाडौं- पछिल्लो  २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना रहेका छन् । 

    मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् भने काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । 

    पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

    यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकसंख्या ९ सय ८४ पुगेको छ । 

    हाल सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८।२ रहेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend