बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

के नेकपा फुट्नै लागेको हो ?

के नेकपा फुट्नै लागेको हो ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 5.0K
    SHARES

  • के नेकपा फुट्नै लागेको हो ?

     काठमाडौं - सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।’

    दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त रु त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ। बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं।’ दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पु¥याएको हो।

    यसलाई उक्साउन र एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन्। यही क्रममा दुवै अध्यक्षले निकट नेताहरूसँग तीव्र छलफल चलाएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ। प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ र सचिवालयका सल्लाहकारहरूसँग संवाद गरे। शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशन दिएका छन्। उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे। छलफलमा गृहमन्त्री रामबहादुर थापासहित ६ जना सहभागी थिए।

    त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन्। सधैं किचलो र झैझगडा गरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो। ‘पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ। प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्न सचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले  भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ। केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि म मान्दिनँ भन्नुभएछ। बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ। अब यही तरिकाबाट पार्टी कसरी अगाडि जान सक्छ रु यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं भन्नुभएछ।’

    दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री थापा सहभागी थिए। ‘प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने रु’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेका थिए। प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए। उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ। त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने र कुरा राख्ने तय भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend