बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपालाई फुटाउने ओलीको प्रस्ताव, नेपाल र खनालले पनि भनिसके ओलीसँग अबको यात्रा हुँदैन !

नेकपालाई फुटाउने ओलीको प्रस्ताव, नेपाल र खनालले पनि भनिसके ओलीसँग अबको यात्रा हुँदैन !

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 8.3K
    SHARES

  • नेकपालाई फुटाउने ओलीको प्रस्ताव, नेपाल र खनालले पनि भनिसके ओलीसँग अबको यात्रा हुँदैन !

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फुटकै संघारमै पुगेको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी अलग गरेर जाने प्रस्ताव गरेसँगै विवाद उत्कर्षमा पुगेको हो। आइतबार खुमलटारस्थित आफ्नै निवासमा नेताहरुसँग प्रचण्डले ओलीले पार्टी अलग गर्ने प्रस्ताव आएको ब्रिफिङ गरेका हुन्। लामो समयको संवादहीनतापछि प्रचण्ड ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका थिए ।

    सोही भेटमा ओलीले शनिबार आफूसँग यस्तो प्रस्ताव राखेका प्रचण्डले आफू निकट नेताहरुलाई बताएका हुन् । खुमलटार भेलामा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’सहितका नेताहरु सहभागी थिए ।

    उक्त छलफलमा प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने र ओलीविरुद्ध संसदको विशेष अधिवेशन आह्वान गरेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको जानकारी गराए। यद्यपी यसमा गृहमन्त्रीसमेत रहेका बादल पूर्ण रुपमा सहमत भएनन्। पछिल्लो समय थापा ओली गुटमा गइसकेको हल्ला चलेको छ।

    तर, उनले प्रचण्डको साथ छोड्न नसक्ने नेताहरुले बताएका छन्। खुमलबाटार स्रोतका अनुसार प्रचण्डको बिफ्रिङपछि नेता खनाल र नेपालले पनि ओलीसँग अब सँगै अघि बढ्न नसक्ने बताए। भेटमा सहभागी नेता बादलले भने स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जानुपर्ने विषयमा जोड दिएर पार्टी एकता जोगाउन प्रचण्डलाई आग्रह गरेका थिए।

    त्यसो त यसपटक पार्टी फुटाउने प्रस्ताव प्रचण्डले नभई ओलीले नै गरेका हुन्। शनिबार ओलीले पार्टी र बैठकको निर्णय आफूले नमान्ने भन्दै अब अलगअलग भएर जाने बताए पछि विवादले अर्काे मोड लिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend