बाह्रबिसे- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित मानेश्वरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एक पार्टी प्रवेश कार्यक्रमको आयोजनामा नवप्रवेशीहरुको स्वागत गरेका हुन् ।
आफ्नो धरातल भुलेर जनताका आधारभूत आवश्यक्ता समेत भुलेपछि नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरू बढेको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले बताए । उनले कांग्रेस प्रवेश गरेका सबैलाई पार्टीमा समाधान अधिकार र स्थान दिइने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेताहरू युधिर पैडेल हेमन्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । क्षेत्र नं. १ बाट तत्कालीन माओवादीबाट निर्वाचित निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सापकोटाले पनि जनताको काम गर्न नसकेको आरोप कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले लगाएका छन् ।
नव प्रवेशीशरुलाई स्वागत गरेका नृेता बस्नेतले भनेका छन्, 'आज मिति २०७७ कार्तिक १६ गते सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाको मानेश्वरामा नेकपाको स्थानीय नेता कार्यकर्ताको भुमिका निर्वाह गर्दै आउनु भएका स्थानीय नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ ।
सम्पुर्ण नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसको विचार र सिद्धान्तको धरातलमा हार्दिक स्वागत गर्दै बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
साथै, भावी दिनहरुमा पार्टीले आफ्नो विधि र विधान भित्र रहि तपाईंहरुको योग्यता र कार्यक्षमताको आधारमा उचित जिम्मेवारीहरु प्रदान गर्दै जानेछ।
धन्यवाद! जय नेपाल!!'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।