काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फकिएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।