बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

१२ सय कैदीलाई घर पठाउने तयारी गर्दै सरकार !

१२ सय कैदीलाई घर पठाउने तयारी गर्दै सरकार !

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 3.3K
    SHARES

  • १२ सय कैदीलाई घर पठाउने तयारी गर्दै सरकार !
    फाइल तस्वीर

     काठमाडौं - हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको खबर आजको कान्तिपुर दैनिकमा छ।

    ‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो । विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०९:०७:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend