बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोना संकट चुलिदै, १३ जिल्लामा ५ सय बढी संक्रमित

कोरोना संकट चुलिदै, १३ जिल्लामा ५ सय बढी संक्रमित

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 3.6K
    SHARES

  • कोरोना संकट चुलिदै, १३ जिल्लामा ५ सय बढी संक्रमित

    काठमाडौं- देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार माहामारी नियन्त्रणभन्दा पनि सत्ताको भागबण्डामा व्यस्त भएसँगै संक्रमण बढ्दै गएको छ ।

    पछिल्लो समय लक्षणसहितका कोभिड – १९ संक्रमित समेत बढ्दै गएका छन्। शनिबारसम्म ५ सयभन्दा बढी उपचाररत रहेको १३ जिल्ला पुगेको छ।

    झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर,भक्तपुर,चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र  रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित छन्। 

    स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ९ सय ३५ उपचाररत छन्। २ हजार ३ सय १६ जनामा कोरोना भएको झापामा कोरोनामुक्त हुनेको संख्या १ हजार ३ सय ७० पुगेको छ। त्यस्तै झापामा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

    मोरङमा २ हजार ८ सय २२ उपचाररत छन्। ९ हजार १ सय ६४  कुल संक्रमित, ६ हजार २ सय ९६ संक्रमणमुक्त भएका छन् भने ४६ संक्रमितको मृत्यु भएको छ।

    सुनसरीमा पनि १ हजार ९ सय ५७ संक्रमित उपचाररत छन्। ६ हजार ३ सय २६ कुल संक्रमित, ४ हजार ३ सय १७ निको भएका र ५२ संक्रमितको मृत्यु भएको छ।

    काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। कुल संक्रमित ६१ हजार ८ सय ५५ पुगेको काठमाडौंमा ४४ हजार ७ सय ४६ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै १९ जनाको मृत्यु भइसकेको छ।

    १ हजार १ सय ५१ संक्रमित भक्तपुरमा पनि उपचाररत छन्। कुल संक्रमित ५ हजार ६ सय ९९ भएको भक्तपुरमा ४ हजार ४ सय ८२ संक्रमणमुक्त भएका र ६६ जनाको मृत्यु भइसकेको छ। 

    त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ। कुल संक्रमित ८ हजार ७ सय ९४ रहेको यहाँ ६ हजार ४ सय ३१ निको भएका र ६० जनाको मृत्यु भएको छ।

    काभ्रेपलाञ्चोकमा पनि ५ सय ३६ संक्रमित उपचाररत छन्। १ हजार ६ सय ८२ जनामा संक्रमण भइसकेको यहाँ मृत्यु हुनेको संख्या १० पुगिसकेको छ। चितवनमा उपचाररत संक्रमितको संख्या १ हजार ३ सय ६१ छ। कुल संक्रमित ४ हजार ८ सय ७ रहेको यहाँ ३ हजार ४ सय निको भएका र ४५ को मृत्यु भएको छ।

    मकवानपुरमा उपचार गर्नेको संख्या ७ सय ७६ पुगेको छ भने निको भएका २ हजार ४ सय ४० जना छन्। २० जनाको मृत्यु भइसकेको मकवानपुरमा कुल संक्रमित ३ हजार २ सय ३६ जना थिए।

    कास्कीमा पनि उपचाररत संक्रमितको संख्या ९ सय ६१ पुगिसकेको छ। कुल संक्रमित २ हजार ५ सय ७४ पुगेको कास्कीमा १ हजार ५ सय ९४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको कोरोनाकै कारण निधन भएको छ। 

    पूर्वी नवलपरासीमा पनि सक्रिय संक्रमित संख्या ५ सय २५ छ। कुल संक्रमित १ हजार ९ सय ८५ पुगेको यहाँ १ हजार ४ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ५ जनाको यहाँ मृत्यु भइसकेको छ।

    दाङमा पनि उपचार गराउने संक्रमित संख्या ६ सय ५६ पुगिसकेको छ। कुल संक्रमित २ हजार ३ सय ९३ छन् भने निको हुनेको संख्या १ हजार ७ सय ३३ पुगेको छ। त्यस्तै दाङमा ४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। 

    रुपन्देहीमा उपचाररत १ हजार ३ सय ३८ र कुल संक्रमित ६ हजार १ सय ७१ छ। यहाँ निको हुनेको संख्या ४ हजार ७ सय ८१ पुगेको छ भने ५२ जनाको मृत्यु भएको छ।

    IMG-2361_MVp3g6AhrS.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend