काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फकिएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।