बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

  • एजेन्सी
  • शनिवार, कार्तिक १५ २०७७

  • 4.8K
    SHARES

  • हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

    अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।  

    अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नो काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । 
    यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ । 

    अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएको हो । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताएका छन् ।

    शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन् । दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend