काठमाडौं- जिल्लाको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशीष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो।
धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अहिले वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।