बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा खैलाबैला, प्रचण्ड–नेपाल अविश्वासको प्रस्ताव ल्याउने तयारीमा

नेकपामा खैलाबैला, प्रचण्ड–नेपाल अविश्वासको प्रस्ताव ल्याउने तयारीमा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 4.8K
    SHARES

  • नेकपामा खैलाबैला, प्रचण्ड–नेपाल अविश्वासको प्रस्ताव ल्याउने तयारीमा

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि उनीमाथि संकट चुलिएको छ ।

    स्रोतका अनुसार ओलीनिकट नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको बताउँछन् ।

    पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको ओलीपक्षको भनाइ छ । पार्टीभित्र विवाद झाँगिएपछि गत वैशाख १७ गते पनि दुवै पक्षले संसदीय दलमा बहुमत सिद्ध गर्न हस्ताक्षर गरेका थिए ।

    ओली पक्षले हस्ताक्षरमा बहुमत जुटाउन नसकेपछि प्रचण्डसँग समझदारी गरेर तत्कालका लागि विवाद साम्य तुल्याएका थिए ।

    बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी रहेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend