काठमाडौं- उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमित निको भएर घर फकिएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।