काठमाडौ- पछिल्ला केही दिनयता लगातार दैनिक ३ हजारभन्दा बढी संक्रमित भेटिइरहेका बला मंगलबार भने नयाँ संक्रमितको संख्यामा ठूलो गिरावट आएको छ । मंगलबार ५ सय ७० जना मात्रै थप नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमित निको भएर घर फकिएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ४१ पुगेको छ ।
हिजो दशैंको मुख्इ टिकाको दिन भएका कारण, कम नमुना परीक्षण हुँदा आज कम नयाँ संक्रमितको थपिएको हुनसक्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।