बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपाका दुई समूहबीच भयंकर भिडन्त, जिल्ला सदस्यको मृत्यु

नेकपाका दुई समूहबीच भयंकर भिडन्त, जिल्ला सदस्यको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ७ २०७७

  • 13.1K
    SHARES

  • नेकपाका दुई समूहबीच भयंकर भिडन्त, जिल्ला सदस्यको मृत्यु

    पर्सा- जिल्लाको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झड्प हुँदा पार्टी जिल्ला सदस्यको मृत्यु भएको छ।

    शपथग्रहण कार्यक्रममा झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो।

    उनको टाउँकोमा गम्भीर चोट लागेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका चौरसियालाई तत्काल नारायणी अस्पतालमा र त्यसपछि वीरगन्जकै न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ।

    गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर च्यात्ने र आयोजकहरुमाथि हातपात गर्ने कार्य रोक्ने क्रममा मुकेशमाथि आक्रमण भएको थियो। 

    नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारबाही गर्न माग गरेको छ। 

    ncp_parsa_v40tPZEXw0.jpg

    ncp_parsa2_hwRTMoB0HK.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend