बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

याे प्रदेशमा कोरोनाको उपचार निःशुल्क

याे प्रदेशमा कोरोनाको उपचार निःशुल्क

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ६ २०७७

  • 5.0K
    SHARES

  • याे प्रदेशमा कोरोनाको उपचार निःशुल्क

    कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ ।

    रासससँगको कुराकानीमा उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।”

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाट शुल्क लिने÷नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णय तत्काल कार्यान्वयनमा नआएको जनाएको छ । “सङ्घीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ”, मन्त्री सुवेदीले भन्नुभयो, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ ।” प्रदेशको दार्चुला र बाजुराबाहेक सबै जिल्लामा कोरोनाका शङ्कास्पद व्यक्तिको पिसिआर विधिबाट परीक्षण भइरहेको छ । 

     प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन् । जटिल सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ । प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ ।

    सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । सङ्क्रमितको सङ्ख्या आठ हजार ९७३ पुगेको छ । बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय सङ्क्रमित छन् । 

    कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ । चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend