बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा श्रीमतिबाट ज्यान जोखिममा परेको भन्दै श्रीमान गए प्रहरीमा

काठमाडौंमा श्रीमतिबाट ज्यान जोखिममा परेको भन्दै श्रीमान गए प्रहरीमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 3.8K
    SHARES

  • काठमाडौंमा श्रीमतिबाट ज्यान जोखिममा परेको भन्दै श्रीमान गए प्रहरीमा

    काठमाडौं- आफ्नै श्रीमतिबाट ज्यान जोखिममा परेको भन्दै गोकर्णेश्वर नगरपालिका ५ का ओङ्छु शेर्पाले शान्ति सुरक्षाको लागि महानगरीय प्रहरी वृत बौद्धमा उजुरी हालेका छन्। 

    श्रीमतीले विभिन्‍न मान्छे ल्याएर घर  तोडफोडसमेत गरेकाले शेर्पाले उजुरी दिएको प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले बताएका छन्। शेर्पा महिला संघको अध्यक्ष निमी शेर्पाको नेतृत्वमा आएका २१र२२ जनाले घर तोडफोड गरेको उजुरीकर्ता शेर्पाले बताएका छन् ।

    डिएसपी सिंहका अनुसार पहिलैदेखि श्रीमान,श्रीमतीबीच आन्तरिक विवाद थियो। उनका श्रीमतीले समेत श्रीमानविरुद्ध पटक–पटक मुद्दा दायर गरेका छन्। ‘मुख्य त श्रीमतीले अंश पाउनुपर्ने माग राख्दै आएका रहेछन्,’उनले भने,‘श्रीमतीले गत असोज २६ गते विभिन्न संगठनका शेर्पा महिलाहरूलाई बोलाएर श्रीमानको घरको सिसा इँटा र ढुंगाले हानेर फुटाएछन्। त्यसैले शान्ति सुरक्षा र संरचना तोडफोड भएकोले आवश्यक कारबाही माग गरेर मुद्‍दा हालेका छन्।’

    काठमाडौं जिल्ला अदालतमा मुद्‍दा परेकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि फैसलालाई नै पर्खनुपर्ने उनले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend