काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला दशैंमा कोरोना अस्पताल र कोरोना परीक्षण बन्द हुने नहुने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा कोभिड(१९ अस्पतालहरु बन्द नहुने जानकारी दिएको हो ।
आवश्यकता अनुसार कोभिड अस्पताल र प्रयोगशाला दसैँको बिदामा पनि सञ्चालन गर्न निर्णय भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
त्यस्तै पछिल्लो २६ घण्टामा देशभरबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७ सय ९१ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।