बारा- भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि बारामा गोली चलेको छ । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।
ती व्याक्तिलाई सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।