कालिकोट- कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ । दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।
उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए ।
उनले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए ।
“भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।