आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

  • एजेन्सी
  • बुधवार, कार्तिक ५ २०७७

  • 5.7K
    SHARES

  • दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

    सिन्ध - पाकिस्तानको सिन्ध प्रान्तमा चीनको समर्थित दुई टापुहरू विकास गर्ने योजनाहरूको विरोधमा प्रदर्शन भएको छ ।  कराचीको नजिकै रहेका दुई वटा टापुहरु विकास गर्न इमरान खान प्रशासनका अधिकारीहरूले चीनलाई हस्तान्तरण गरेपछि बृहत विरोध प्रदर्शन भएको छ ।

    इमरान खान प्रशासनका अधिकारीहरूको डिंगी र भुन्डार दुई टापु विकास गर्ने योजनाको विपक्षमा आइतबार पाकिस्तानका विभिन्‍न सहरमा प्रदर्शन भएको हो । जसमा सिन्धमा रहेका राजनीतिक पार्टीहरु, मुख्यतया सिन्ध तारकी पासन्ड पार्टी (एसटीटीपी) लगायतको सहभागीता रहेको थियो । 

    चीनले यी टापुहरूमा आफ्ना भवनहरु बनाउने कार्य अघि बढाएको छ । 

    आइतबार मालीरबाट सुरु भउको विरोध जुलुस राज्यपाल भवनको नजिकै पुगेर कोणसभा गर्दै समाप्त भएको थियो । उक्त जुलुसमा सहभागीहरुमध्येबाट गठित एक समितिले संघीय अधिकारीहरुमार्फत पत्र पठाउँदै उक्त कार्य रोक्‍न आग्रह गरिएको छ । 

    केही समयअघि पाकिस्तान द्वीप विकास प्राधिकरण (पीडा) गठन गरिएको र उक्त प्राधिकरणले उक्त टापुमा विकासका कामहरु गर्नुपर्ने अध्यादेश जारी गर्नसमेत पत्रमार्फत राष्ट्रपतिलाई बताइएको छ । 

    एसटीटीपीका प्रमुख डा. कादिर मक्सीले प्रदर्शनकारीलाई सिन्धले राष्ट्रपति अध्यादेशप्रति निराशा र क्रोध व्यक्त गरिरहेको बारे जानकारी गराएका थिए । "विचारधार र पार्टी कार्यक्रममा फरक भए पनि सिन्धुहरु आफ्नो अधिकारको रक्षा गर्न एकजुट भएका छन्," उनले भने।

    उनले सिन्धु समूह सिन्धको अधिकारको हकमा मौन नबस्‍ने बताए । अन्य नेताहरूले पनि डिंगी र भण्डार टापुहरू विनाशका लागि अहिले चाल बिछ्याइएको बताएका छन् । 

    एसएलटीपीले अल्वीलाई सम्बोधन र गभर्नर होममा बुझाएको पत्रमा भनिएको छ कि झुठो बहाना र गलत कारणले संघीय अधिकारीहरूले सिन्धलाई बारम्बार पीडित पारेका बताइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend