आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

  • एजेन्सी
  • बुधवार, कार्तिक ५ २०७७

  • 5.0K
    SHARES

  • भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

     क्यानडा - भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

    चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको रिहाइको माग गर्दै १८ अक्टुबरमा बेलुका १२ बजेदेखि चार बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

    उक्त विरोध प्रदर्शन भ्यान्कूभर आर्ट गैलरीबाट भ्याकूभरको चिनियाँ वाणिज्य दूतावासको कार्यालयसम्म र्‍याली गरिएको थियो । चीन सरकारले उइगर समुदाय र अन्य जातीय समूहमाथि गरेको ज्यादतीविरुद्धको कारबाहीको लागि अडान लिन प्रदर्शनकारीहरूले भ्यान्कूभरस्थिति चिनियाँ वाणिज्य दूतावासबाहिर जुलुस गरेका हुन् ।

    फ्रेन्ड्स अफ क्यानडा-भारतका मनिन्दर गिलले चिनियाँ कानुनले प्रेसको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानसभाको स्वतन्त्रतालाई खतरामा पारेको बताएका छन् ।

    उनले चीनको गैरजिम्मेवारपूर्ण कार्य र तानाशाही दृष्टिकोणको कडा निन्दा गरेका छन् । मनिंदर गिलको नेतृत्वमा अवतार जोहल, पउल ब्रेइच, बलजिन्दर चीमा, परमजीत खोसला, डा. हकाम भुल्लर, आशीष मन्‍नाल, मनप्रीत ग्रेवाल, इरफान राणा, सोहैब अली बाजवालगायतले विरोध प्रदर्शन गरेका हुन् । पाँच हजारभन्दा बढी सहभागी भउको प्रदर्शनमा चीनविरुद्ध नाराबाजी गरिएका थिए ।

    प्रदर्शनकारीहरूले कोभिड-१९ को कारणले गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेका निर्देशनहरुको पालना गर्दा मास्क लगाएर र सामाजिक दूरी पालना गर्दै विरोध प्रदर्शन गरेका छन् ।

    उक्त विरोध प्रदर्शनमा सहभागी अन्य सात संगठनहरुमा क्यानाडा तिब्बत समिति र तिब्बती समुदाय, क्यानडा भारत संगठन, भ्याकूभर समाजको स्वतन्त्रता, लोकतन्त्र र चीनको लागि मानव अधिकार, भ्यानकुभर-हङकङ राजनीतिक कार्यकर्ता, भ्यानकूभर हङकङ चिन्तन समूह, लोकतान्त्रिक आन्दोलनको समर्थनमा भ्यानकूभर समाज, भ्यानकुभर उइघुर संघ रहेका छन् । फ्रेन्ड्स अफ क्यानाडाका मनिन्दर गिलले कोभिड-१९ का बानदुर विरोध कार्यक्रममा सभागी भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend