बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कर्णाली विवाद : ओली-प्रचण्डबीच हंगामा, बालुवाटारमा खैलाबैला

कर्णाली विवाद : ओली-प्रचण्डबीच हंगामा, बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 4.7K
    SHARES

  • कर्णाली विवाद : ओली-प्रचण्डबीच हंगामा,  बालुवाटारमा खैलाबैला

    काठमाडौं- प्रदेशीय विवाद मिलाउने जिम्मा लिएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति हुन सकेको छैन् ।

    ओली र प्रचण्डदुवै पक्षबाट कर्णाली प्रदेशको विवाद समाधानका विषयमा छुट्टाछुट्टै विज्ञप्ती सार्वजनिक भएका छन् । यसलदे अध्यक्षद्धयबीच हंगामा भएको संकेत गरेको छ ।

    एक अध्यक्षका पक्षबाट एक किसिमको र अर्का अध्यक्षको पक्षबाट अर्काे किसिमको कुरा आएसँगै नेकपामा तरंग मच्चिएको हो ।

     प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका लागि दुई अध्यक्षबीच चार बुँदे सहमति भएको भन्ने विज्ञप्ति सार्वजनिक थियो । त्यसको केही समयमा नै अध्यक्ष प्रचण्डको सचिवालयले अर्को विज्ञप्ति सार्वजनिक गर्दै कुनै निर्णय नभएको बताएको हो ।

    मंगलबार दिउँसो सल्लाहकार सुर्य थापाले एक विज्ञप्ति प्रकाशित गर्दै कर्णाली प्रदेशका विषयमा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको जानकारी दिएका थिएका छन् ।

    त्यसलगत्तै अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै दुई अध्यक्षबीच मंगलबार बिहान कर्णालीको विषयमा छलफल भए पनि निर्णय भने नभएको जानकारी दिएका छन्।

    उनले छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाब दिने समझदारी भएको जानकारी दिएका छन्। उनले यसबारे भ्रममा नपर्न सबैमा आग्रह समेत गरेका छन्।

    यसरी मुख्य जिम्मेवार व्याक्तित्वहरुबीच नै असहमति हुनेले प्रदेशिय विवादमा टुंगो लगाउन नसक्ने संकेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend