बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

विश्व हिन्दु महासंघ काठमाडौंका अध्यक्ष प्रनिश जंग शाहको आह्वान, जिम्मेवारी युवाको हातमा छ

विश्व हिन्दु महासंघ काठमाडौंका अध्यक्ष प्रनिश जंग शाहको आह्वान, जिम्मेवारी युवाको हातमा छ

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 7.1K
    SHARES

  • विश्व हिन्दु महासंघ काठमाडौंका अध्यक्ष प्रनिश जंग शाहको आह्वान, जिम्मेवारी युवाको हातमा छ

    काठमाडौं- विश्व हिन्दु महासंघका अध्यक्ष प्रनिश जंग शाहले धर्म, संस्कार र संस्कृति जोगाउने जिम्मेवारी युवाहरुमाथि रहेको बताएका छन् । लामोसमयदेखि महासंघमा आवद्ध रहेका शाह केहीअघि काठमाडौं अध्यक्षमा नियुक्त भएका थिए ।

    लामोसमयदेखि महासंघमा आवद्ध रहेका शाह केहीअघि काठमाडौं अध्यक्षमा नियुक्त भएका थिए । उनले विश्व हिन्दु महासंघ काठमाडौंको अध्यक्षमा नियुक्तभएयता अहिले तथ्यांक संकलन, मान्छेको प्रतिकृया बुझ्ने काम रे ओमकार परिवार भित्र भएका सबैलाई एककृत गर्ने काम भइरहेको बताएका छन् ।

    यस्तै उनले पैंसाको लोभमा परेर धर्म परिवर्तन गर्नु आपत्तिजनक कुरा रहेको बताएका छन् । उनले भने, 'चर्च या मस्जिद बन्द हुनुपर्छ भन्ने होइन । धर्म परिवर्तन अन्त्य हुनुपर्छ भन्ने हो । कन्मिन्स गराएर धर्म परिवर्तन गर्छ भन्ने ठिक छ आपत्ति भएन तर झुकाएर र पैसाको प्रलोभनले धर्म परिवर्तन गराउने प्रथा अन्त्य गर्ने हाम्रो अभियान हो ।'

    यसबाहेक उनले हिन्दु महासंघ जनैलगाउने र बाहुनका लागि मात्रै को कि भन्ने धारणा नराख्न आग्रह गरेका छन् । उनले भने, 'जातिय संगठनहरु जति बनिए त्यसले कालान्तरमा गएर समाज राज्य र मानिसहरुका बिचमा भिन्नता ल्याउने , डिभाइट गर्ने कामहरु भएका छन् । विश्व हिन्दु महासंघ पनि जनै लगाउने बाहुन र संस्कृत पढ्नेहरुको मात्र हुने हो कि अन्य मानिसहरुको पकडमा नपुग्ने हो कि भन्ने भयो । म त संगठनको नममै करेक्सन हुनुपर्छ भन्ने मा छु । ठाउअनुसार कल्चर फरक छ ।'

    यस्तै रिलिजन कल्चर बचाउन, सबै धर्म जात समुदायलाई एक ठाउँमा बाध्न नेपाल हिन्दु राष्ट्र हुपर्ने अध्यक्ष शाहको भनाइ छ । हिन्दुधर्ममाथि प्रहार हुने काम गर्न नहुने बताउँदै उनले भनेका छन्, 'हिन्दु धर्ममा प्रहार पहिले पनि चर्च र मस्जिद चलेकै थियो अहिले पनि चलेकै छ भन्ने कुरा छ । तर, अहिले चलाईमा फरक छ । अहिले त्यीनीहरुले कल्चरमा प्रहार गरे । धर्म परिवर्तन हुन थाल्यो । ठिक छ स्वइच्छाले कतै जान्छ भने समस्या भएन , तर यहाँ पैसाको प्रभावमा वाइ फोर्स हिन्दुधर्ममा प्रहार गरेर कृश्च्यानीटि बढ्यो । धर्म परिवर्तन गराउने संस्कृती विर्गाने धमिरा हो ।' 

    अध्यक्ष हाले दक्षिण कोरियाबाट धर्म परिवर्नत गराउँनका लागि ठूलो धनराशि आउने कुरा चलिरहेको बारे अध्ययन गरिरहेको बताएका छन् । उनले भने, 'यसले देश नै संस्कार नै सखाव बनाउछ भन्ने डर छ । मेरो चिने जानेका मान्छेहरु छन् म स्टडी गरिरहेको छु । कोरियाबाट ठूलो धनरासी पैसा चर्चमा आउन थालेको छ । धर्म परिवर्तन गराउन । म त्यसको अध्ययन गरिरहेको छु । नेक्सस के हो , धर्म परिवर्तन मात्र उदेश्य होइन होला उनीहरुको त्यसपछाडी रहस्य के हो त्यो बुझ्न लागेको छु ।' 

    यसबीच पुरातन्, र सबैभन्दा भिन्न हिन्दुधर्म जोगाउनका लागि युवाहरुको  जिम्मेवारी भएको उनलेब ताएका छन् । अध्यक्ष शाहले भने, 'युवा नलागे केही परिवर्तन छैन । तर विडम्वना यूवाहरु व्यस्त छन् । त्यो उत्पादक ठाउँमा छैन । सबै यूवाहरु कुनै न कुनै पार्टीका कार्यकता छन् तर यो जटिल मुद्धामा सोँच्ने फुर्सद कसैलाई छैन । सबै सामाजिक सञ्जालमा हेरेर धर्म परिवर्तन व्यापक भएछ भन्ने मात्र भए । यतीले पुगेन अब जागरण जरुरी छ ।' अध्यक्ष शाहले ओमकार परिवार एकजुट भएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ४ २०७७१०:०५:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend