बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यस्ताे छ तपाइकाे आजको राशिफल, कात्तिक ०४ गते, मंगलबार

यस्ताे छ तपाइकाे आजको राशिफल, कात्तिक ०४ गते, मंगलबार

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 3.8K
    SHARES

  • यस्ताे छ तपाइकाे आजको राशिफल, कात्तिक ०४ गते, मंगलबार

    मेष- खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ । सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाईनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

    बृष- लामो दुरिको रमाईलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारि व्यावसायमा अबिस्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । पढाइ लेखाइमा थोरै बढि समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलाशि बस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ ।

    मिथुन- मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।

    कर्कट- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

    सिंह ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी बिवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पत्तीमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

    कन्या- उद्योग तथा व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

    तुला- समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनाबस्यक बिषयमा बिवाद हुने तथा टाडिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यावसायमा मन्दि आउनेछ ।

    बृश्चिक- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

    धनु- खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

    मकर- आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु परा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

    कुम्भ- पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

    मीन- सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साथिभाई तथा छिमेकमा असमज्दारी बढ्नेछ । धार्मिक क्षत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवन साथि सँग मनमुटाब बढ्नेछ । तपाईको दिन शुभ रहोस् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २५ २०८००६:०६:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend