बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोना परीक्षण र उपचार व्यहाेर्ने विषयमा स्वास्थयमन्त्रालयले भन्याे यस्ताे

कोरोना परीक्षण र उपचार व्यहाेर्ने विषयमा स्वास्थयमन्त्रालयले भन्याे यस्ताे

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 5.0K
    SHARES

  • कोरोना परीक्षण र उपचार व्यहाेर्ने विषयमा स्वास्थयमन्त्रालयले भन्याे यस्ताे

    काठमाडौं- सरकारले हिजो (आइतबार) अब कोरोना भाइरसको परीक्षण र संक्रमितको उपचार धेरैजसो आफैले व्यहोर्नु पर्ने बताएको थियो । यसबीच आज (सोमबार) स्वास्थयमन्त्रालयका प्रवक्त जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सक्नेले आफ्नो उपचार खर्च आफैले व्यहोर्नुपर्ने बताएका छन् ।

    उनले भने, 'सरकारले गरिबको उपचार खर्च व्यहोर्ने र अरुले आफै व्यहोर्ने निती सरकारले ल्याएको बताएका हुन् । उनले भनेका छन्, 'कोरोना संक्रमण नेपालमा सुरु भएपछि सरकारले यसको परीक्षण र उपचारमा व्यवस्थापन गरिरहेकै छ। १२ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। एक लाख भन्दा धेरैको उपचार भइसकेको छु, उनले भने, ुअब उपचारको प्रक्रियालाई थोरै परिवर्तन गरिएको छ।'

    उनले जसले सामान्य खर्च गर्न सक्छ, जसले आफैंले उपचार गर्न सक्छ भने आफ्नो उपचार र जाँच खर्च आफैं व्यहोरेर सरकारलाई सघाइदिनु भयो भने भने सीमित साधन र स्रोत भएका आर्थिक विपन्‍न, अशक्त, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीसहित जोखिम क्षेत्रमा खटिनेलाई उपचार गराउन सजिलो पर्नेछ।'

    उनले सरकारले कोरोना भाइरको माहमारीको जिम्मेवारीबाट पछि नहटेको बताएका छन् । प्रवक्ता गौतमले भने ुसरकार नागरिकको उपचारबाट पन्छिने कुरै आउँदैन तर थोरै नीति परिवर्तन गरिएको हो, धेरै ठाउँबाट धेरै चासो आएका छन्। पैसा हुनेसँग सरकारले लिन्छ र नहुनेको उपचारमा खर्च गर्छ, दिन्छ। असाहायको स्याहार गर्नुपर्ने परिस्थितिलाई बुझिदिनु आग्रह गर्छौं।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend