काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संकटका बेला जनताबाट हात झिकेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
यसबीच नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर नेकपाका सबै सांसदको दशैं भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
अब, नेकपाका सबै सांसदले भत्तावाफतको उक्त रकम कोरोना कोषमा जम्मा गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले यस विषयमा केहीबेरमा यसबारे वक्तव्य जारी गर्ने बताइएको छ ।
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना पछि चेत खुलेको नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।