काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सांसदलाई दिने दशैँ भत्ता नलिने घोषणा गरेका छन् ।
नेता थापाले आइतबार एक पत्रमार्फत दशैंभत्ताबापत सचिवालयले दिएको रकम फिर्ता लान अनुरोध गरेका हुन् ।
साथै उनले कोरोना महामारीको समयमा सरकारले दशैंभत्ता उपलब्ध गराउने कुरा सोच्न समेत नहुने बताएका छन् ।
उनले भने, 'यति बेला हामि कोरोना महामारीबाट सिर्जना भएको महासङकटको अवस्थामा छौं । यो बेलामा सरकार स्वंयले मितव्ययी नीति अख्तियार गर्ने भनेको छ । अर्कोतर्फ बढ्दो संक्रमणलाई ख्याल गरेर स्वास्थ्य सुरक्षका मापदण्ड पालना गरी घरपरिवारमा नै चनडपर्व मनाउने कामलाई सीमित गर्न सरकारले आग्रह गरिरहेको छ । यो अवस्थामा सरकारले सांसद लगायतलाई दशैं भत्ता उपलब्ध गराउने कुरा सोच्नु पनि नपर्ने हो ।'

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।