काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६ सय ९८ जना संक्रमित थपिएका छन्।
उपत्यकाको काठमाडौं जिल्लामा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७ सय ३९ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।