काठमाडौं - अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेर प्रहरीलाई खबर गरेकी छन्। ३१ वर्षकी ती महिलाले प्रहरीलाई आफूले आफ्ना बच्चाको हत्या गरेको र आफू नेपाली रहेको पनि बताएकी थिइन्। ८ महिना, ९ वर्ष र तीन वर्षका छोरीहरुको हत्या ती महिलाले गरेकी हुन्।
त्यहाँस्थित प्रहरीले ती महिलाको नाम र नेपालस्थित ठेगाना केही खुलाएको छैन। नेपाली दूतावासले भने प्रहरीसँसम्पर्क भइसकेको जनाएको छ। छोरीहरुको हत्या पछि ती महिलाले आत्मा हत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थल पुग्दा ९ वर्षकी छोरीको भने मृत्यू भइसकेको थिएन। उनलाई प्रहरीले अस्पताल लैजाँदै गर्दा मृत्यू भएको हो।
ती महिलाका श्रीमान् पनि अष्ट्रियामै बस्छन्। प्रहरीले ती महिलासँग बयान लिनेकाम सुरु गरिरहेको जनाएको छ। हत्याको कारण अझै खुलेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।