बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भोलिबाट उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, लकडाउनकाे संकेत ?

भोलिबाट उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, लकडाउनकाे संकेत ?

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 17.8K
    SHARES

  • भोलिबाट उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, लकडाउनकाे संकेत ?
    फाइल तस्वीर

    काठमाडौं- काठमाडौं उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा आइतबारदेखिलागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित हुने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुर दुवैले आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

    ‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ’, जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ । 


    यसबाहेक काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने कुनै निर्णय गरेको छैन् । यद्यपी सरकारले दशैंतिहारको समयमा लकडाउन भने नगर्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend