बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

धर्म भन्दा ठूलो अरु छैन,यसभित्र रहेका जातिय विभेद हटाइ नेपालमा सनातन धर्म स्थापना गरौ

धर्म भन्दा ठूलो अरु छैन,यसभित्र रहेका जातिय विभेद हटाइ नेपालमा सनातन धर्म स्थापना गरौ

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 5.0K
    SHARES

  • धर्म भन्दा ठूलो अरु छैन,यसभित्र रहेका जातिय विभेद हटाइ नेपालमा सनातन धर्म स्थापना गरौ

     कैलाली - कैलालीको मसुरियामा बिश्व हिन्दु युवा संघले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सांसद टेक बहादुर रोइको प्रमुख आतिथ्यता रहेको थियो । बिश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाहको विशेष आतिथ्यता रहेको थियो।

    उक्त कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ कैलालीका जिल्ला अध्यक्ष दिनेश कलेल गर्नु भएको थियो। उक्त कार्यक्रममा सांसद टेकबहादुर रोइकाले नेपालमा सनातन हिन्दु धर्मावलम्बीले जातिय छुवाछूत र बिभेदलाई प्रसय दिएका कारण नेपालमा हिन्दु धर्म कम्जोर बन्दै गएको र अन्य धर्म परिवर्तन गर्ने संख्या बढिरहेको बताए।

    उनले हिन्दु धर्मलाई बचाउने होर नेपाललाई पुन हिन्दु राष्ट्र बनाउने हो भने विभेद र छुवाछुतलाई हटाउनु पर्ने बताए। उक्त कार्यक्रममा बोल्दै बिश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाहले आफुहरु धर्म भित्र छुवाछुत र विभेद गर्नेहरुका विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले अब देशभर हिन्दु राष्ट्रका लागि जनता उठिसकेको भन्दै अब त्यो भावनालाई राज्यले नसमेटे त्यसको परिणाम नराम्रो आउन सक्ने पनि चेतावनी समेत दिए। उक्त कार्यक्रममा स्थानीय दलका नेता र वुद्दीजिबिहरुको सहभागीता रहेको बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १ २०७७११:०४:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend