काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय २२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संख्या हिजोको भन्दा केही कम हो तर, पछिल्लो समयको तथ्यांक अनुसार बढी हो ।
योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ७ सय १५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।