बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अन्ततः लोकसेवा आयोगले स्थगित गर्याे परीक्षा

अन्ततः लोकसेवा आयोगले स्थगित गर्याे परीक्षा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 3.7K
    SHARES

  • अन्ततः लोकसेवा आयोगले स्थगित गर्याे परीक्षा

    काठमाडौं - लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना विज्ञ पदको परीक्षा स्थगित भएको जनाएको छ। आयोगले हिजो र आजको लागि परीक्षा मिति तोकेको थियो। कोरोना भाइरसको जोखिमका कारण परीक्षा सञ्चालन नगर्न सर्वाेच्च अदालतले निर्देशनात्मक आदेश दिएको थियो।

    अदालतले लोकसेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै आयोगले परीक्षा स्थगित गरेको हो। अन्तरिम आदेशसँगै कोरोना संक्रमितलाई परीक्षामा सामेल नगराउने गरी आयोगद्वारा जारी मापदण्ड कार्यान्वयनमा रोकिएको छ।

    अदालतले स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमितको गोपनीयता कायम राख्दै परीक्षा दिने व्यवस्था गर्न पनि आयोगका नाममा आदेश गरेको छ। न्याधाधीश सपना प्रधान मल्लको एकल इजालसले आयोगको मापदण्ड संविधानप्रदत्ता पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्यका आधारमा विभेदविरुद्धको हक तथा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारको हक विपरित हुने आदेश दिएको छ। लोकसेवा आयोगले कोरोना संक्रमित परीक्षार्थीलाई सहभागी नगराउने निर्णय पनि गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ३० २०७७०८:३३:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend