काठमाडौं- उपत्यकामा बिहीबार १९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १६ सय ९२ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संख्या हालसम्मकै बढी हो।
निको हुनेको संख्या बढेसँगै निको हुनेदर बढ्ने आसा जागेको छ । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ६ सय ९४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।