काठमाडौं- काठमाडौंको बानेश्वर स्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले गार्डकै खुकुरी प्रहार गरेका छन् ।
बुधबार दिउँसो बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद हुँदा ग्राहकले खुकुरी प्रहार गरेका हुन् ।
एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेपछि खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन्। खुकुरी प्रहार गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ।
खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।