ललितपुर - ललितपुरको गोदावरी नगरपालिका ६ स्थित टिका भैरव नजिक बन मासेर अवैध ढुंगाखानी सञ्चालन गरिरहेका प्रीतम खत्री र सुदीप डोटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रुपमा ढुंगाखानी चलाउने मध्येका मुख्य शेखर महत भने फरार छन्। उनी नेकपाका सांसद नबराज सिलवालका भान्जा हुन्।
उनीहरुले सांसद सिलवाल र नेकपाका स्थानीय नेता गम्भीर रानाको संरक्षणमा केही वर्षयता सरकारी वन मासेर अवैध खानी सन्चालन गर्दै आइरहेका थिए।
उनीहरुलाई अहिले महानगरिय परिसर जावलाखेल प्रहरी कार्यालयमा राखिएको छ। महतलाई प्रहरीले पटक पटक नियन्त्रणमा लिए पनि पूर्व प्रहरीका प्रमुखसमेत रहेका सांसद सिल्वालको दबाब पछि छुट्दै आएका छन्।
यस पटक पनि सिलवालले पक्राउ परेकाहरुलाई विना कसुर छुटाउन प्रहरीलाई दबाब दिइरहेका छन् । सिलवाल अहिले महानगरिय प्रहरी परिसर जावलाखेलमै पुगेका छन्।
https://www.facebook.com/mediadabali/videos/697250230880806/
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।