बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 2.9K
    SHARES

  • राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी
    सांकेतिक तस्बिर

    काठमाडौं- सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा  ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु  ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ । 

    मन्त्रालयका प्रवक्ता डा  जागेश्वर गौतमले सरकारले सात  प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए ।  ती अस्पतालमा रु एक करोडका दरले रु  १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ ।

    अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी  नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि रु ३६ करोड रुपियाँ पठाइसकेको छ । 

    स्वास्थ्य सेवाका गुणस्तर वृद्धि गर्न सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड पु¥याउन सबै प्रदेशमा अभिमुखीकरण तालीम दिइसकेको छ । सबै सङ्घीय अस्पतालमा मापदण्डअनुसारको सेवा भए नभएको अनुगमन गरिने भएको छ । 

    स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्नका लागि रोग नियन्त्रण केन्द्र स्थापनाको प्रक्रियासमेत अगाडि बढाइएको डा गौतमले बताए ।

    रोगको अध्ययनअनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, उन्मूलन तथा नियमन प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोग नियन्त्रण केन्द्र नेपाल स्थापनाका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । उनले विधेयक तयार गरी चाँडै  केन्द्र स्थापना गरिने बताए । 

    स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य संस्थाको वर्गीकरण, प्रमाणीकरण र प्रत्यायन गर्न नेपाल स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि अवधारणापत्रसमेत तयारी गरिसकिएको छ । 

    औषधि, औजार र उपकरण, प्रविधिजन्य स्वास्थ्य सामग्री, प्रयोगशाला सामग्री, खाद्यान्न, सौन्दर्य सामग्रीको प्रभावकारी नियमन गर्न खाद्य तथा औषधि प्रशासन स्थापनाका लागि अवधारणापत्र तयार पारिएको छ । 

    उनले सबै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भेको प्रारम्भिक कार्य गरिएको जानकरी दिए । उनका अनुसार पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल, २५ र ५० शय्याका जिल्ला तथा प्रादेशिक अस्पताल, २०० शय्याका प्रादेशिक जनरल अस्पताल र सङ्घअन्तर्गतका अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भे सकिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend