काठमाडौं- काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको छ ।
तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसियु, भेन्टिलेटर र अख्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् ।
यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।