दाङ- ज्यान मुद्दाका फरार एक जना व्याक्ति १६ वर्षपछि पक्राउ परेका छन् ।
अदालतले १० वषै जेल सजाय तोकेका तुलसीपुर उपमहानगरपालिका(११ कटाँहाका ५१ वर्षीय टेकबहादुर केसीलाई दाङमा प्रहरीले पक्राउ गरेको हो ।
२०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सुनाइएका उनी फरार रहेका थिए । केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका(३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको हो ।
उनलाई दाङ ल्याएर सोमबार दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइए छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।