बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मोबाइल र पैसामा २८ दिनसम्म रहन्छ कोरोना भाइरस

मोबाइल र पैसामा २८ दिनसम्म रहन्छ कोरोना भाइरस

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 3.9K
    SHARES

  • मोबाइल र पैसामा २८ दिनसम्म रहन्छ कोरोना भाइरस

    काठमाडौं - नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता लागेको हो । कोरोना भाइरस प्रायः मान्छेले खोक्दा, हाक्ष्युँ गर्दा या बोल्दा सर्ने गरेको छ ।

    तर कतिपय अवस्थामा हावा र सतह, यसबाट दुषित हुँदा त्यसले पनि संक्रमण फैलाउने गरेको यसअघि प्रमाणित भएको थियो । विशेषगरी संक्रमित व्यक्तिले धातु, प्लाष्टिकहरु छुँदा त्यसमा भाइरस रहन सक्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बताएको थियो । त्यसैगरी पहिले गरिएका ल्याब टेस्टमा कोभिड–१९ बैंकका नोट अनि सिसामा दुईदेखि तीनदिन अनि प्लाष्टिक र स्टिलमा चाहिँ ६ दिनसम्म जिवित रहन सक्ने बताइएको थियो । तर अष्ट्रेलियन एजेन्सी सिस्रोले भने यो भाइरस २८ दिनसम्म पनि आक्रामक रुपमा जिवित रहिरहेको पत्ता लगाएको छ ।

    २० डिग्रीको तापमान, अर्थात सामान्य रुम तापक्रममा अनि चिल्ला सतह जस्तै ग्लास, मोबाइल फोनको स्क्रिन, प्लाष्टिक र पेपरका नोट लगायतमा यो जिवित रहन सक्छ । उनीहरुका अनुसार विशेषगरी अँध्यारो अनि चिसोमा भाइरस सोचेभन्दा धेरै लामो समयसम्म संक्रमक अवस्थामा रहन्छ । तर तापमान बढ्दै जाँदा भने भाइरसको जिवित हुने सम्भाव्यता कम हुँदै जाने पनि यसमा पत्ता लागेको छ ।

    यसले फेरि पनि सबैमा हात धुनु अनि स्यानिटाइज गरिरहनुलगायत सरसफाइको महत्वबारे ध्यानाकर्षण गराएको अध्ययनका प्रमुख डाक्टर इगल्स बताउँछन् । उनका अनुसार यो अझ पेपर भन्दा प्लाष्टिकका पैसाका नोटमा अझ लामो समय जिवित रहन सक्छ । तर अर्कोतर्फ तापमान ३० नाघेपछि भने भाइरसको जिवित रहने दर उल्लेखनीय रुपमा घटेको पाइएको हो । यसलाई फ्लु भाइरससँग तुलना गर्दा फ्लु भाइरस त्यही तापमान, त्यही अवस्थामा १७ दिनसम्म जिवित रहन सक्छ ।

    त्यस्तै लुगाहरुमा पनि यो धेरै प्वाल भएका भन्दा नभएका र चिल्लो सामग्रीबाट बनेका कपडामा १४ दिन भन्दा बढी समयसम्म जिवित रहन सक्ने पत्ता लागेको हो । सिस्रोकी प्रमुख डाक्टर ल्यारी मार्सल भन्छिन्, “यो रिसर्च किनपनि जरुरी छ भने भाइरस सतहमा कतिन्जेल रहन सक्छ भन्ने थाहा पाउनुले हामीलाई यसको फैलावट नियन्त्रण गर्न अनि मान्छेहरुलाई संक्रमणबाट जोगाउन केमा बढी ध्यान दिनुपर्छ भनेर सजगता अपनाउन मद्दत गर्दछ । ”

    यसअघि विश्वभरि नै मासु प्रोसेस गर्ने उद्योगमा हजारौँ कामदारहरु संक्रमक भएको पाइएको थियो जहाँको तापमान चिसो अनि तुलनात्मक रुपमा अँध्यारो हुने गर्दछ । तर अझैपनि वास्तविक जीवनमा सतहले संक्रमणको कति जोखिम गराउँछ भन्नेमा धेरै विज्ञहरुले शंका व्यक्त गर्दै आएका छन् । बीबीसीबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend