बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा संकट : देशकै आधा संक्रमित थपिँदै

काठमाडौंमा संकट : देशकै आधा संक्रमित थपिँदै

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 2.8K
    SHARES

  • काठमाडौंमा संकट : देशकै आधा संक्रमित थपिँदै

    काठमाडौं- पछिल्लो समय काठमाडौंमा मात्रै देशका आधा संक्रमित भेटिइरहेका छन् । २४ घण्टामा नयाँ थपिने संक्रमितको तथ्यांक अनुसार आजमात्रै पनि काठमाडौं उपत्यकामा देशभरकै आधा संक्रमित भेटिएका छन् ।

    यसबाट काठमडौंमा माहामारीले संकटापूर्णरुप लिएको देखिएको छ । 
     पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१  जना र भक्तपुरमा एक सय १०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यसबाट देशमा माहामारीले संकटापूर्णरुप लिएको देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५  सय  ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७५  हजार ८ सय ४ पुगेको छ ।
     
    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ६ सय ३६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend