बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एसियानाले पीसीआर नगरेका ११ जना यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब

एसियानाले पीसीआर नगरेका ११ जना यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 4.0K
    SHARES

  • एसियानाले पीसीआर नगरेका ११ जना यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब

    काठमाडौं- एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिच्दै पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ ।

    शनिबार कोरियाबाट चार्टड फ्लाइटमा आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो । 

    एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो । ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताए । ‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गो फ्लाइट हो,’ उनले भने । तर कोनेले दिएको जानकारी भने झुटो देखिएको छ ।

    विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेको कारण नछोडिएको पुष्टि गरेको छ ।

    एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो। 

    सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन २४ २०७७१०:३०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend