काठमाडौं - गोदावरी नगरपालिका आइतबारदेखि एक हप्ता बन्द हुने भएको छ। नगरपालिकामा कोरोना संक्रमित ह्वात्तै बढेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सार्वजनिक सूचना जारी गरेर नगरपालिकाको सेवा ठप्प गर्ने निर्णय भएको जानकारी दिएका छन्।
अत्यावश्यक सेवाहरु भने सञ्चालनमा हुनेछन्। गोदावरी नगरपालिका भित्र शुक्रबार साँझसम्म जम्मा कोरोना संक्रमितको संख्या २८२, कोरोना जित्नेको संख्या १४६, होम आइसोलेशनमा रहेका १२१ जना, अस्पतालमा उपचाररत ६ जना नगरपालिकाको बडिखेल आइशोलेसनमा ६ जना छन्।
नगरपालिका भित्र ३ जना संक्रमितको मृत्यू भइसकेको सूचनामा उल्लेख छ। त्यहाँका नगरप्रमुख गजेन्द्र महर्जन पनि कोरोना मुक्त भइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।