काठमाडौं- इन्डियन प्रिमियर लिगको १३ औं सिजनको २३ औं खेलमा आज दिल्ली क्यापिट्ल्स र राजस्थान रोयल्सबीच खेल हुँदै छ ।
दुबईको शारजाहामा हुने खेलमा लगातार ३ खेलमा पराजित राजस्थान दिल्लीसँग खेल्नेछ । खेल नेपाली समयअनुसार बेलुकी पौने आठबजे सुरु हुनेछ ।
आजको खेलमा राजस्थानलाई पराजित गर्दै दिल्ली फेरि शीर्ष स्थानमा पूग्न खोज्नेछ । राजस्थानले जारी सिजनमा अहिलेसम्म ५ खेल खेल्दा २ खेलमा जित निकालेको छ।
गत सिजन भएका दुबै खेलमा दिल्लीले राजस्थानलाई पराजित गरेको थियो। त्यस्तै आजको खेलमा पनि नेपालका लिग स्पिनर सन्दिप लामिछानेले खेल्न पाउने मौका भने टरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।