आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईपीएल : आज पञ्जाब र दिल्ली भिड्दै, सन्दीप पनि खेल्दैछन् ?

आईपीएल : आज पञ्जाब र दिल्ली भिड्दै, सन्दीप पनि खेल्दैछन् ?

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 6.2K
    SHARES

  • आईपीएल : आज पञ्जाब र दिल्ली भिड्दै, सन्दीप पनि खेल्दैछन् ?

    एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाब भिड्दै छन् । नेपाली समय अनुसार बेलुका ७ः४५ पछि दुबईमा सुरु हुनेखेलको दिल्ली टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि सम्मिलित छन् ।

    दुवै टोली आइपिएलमा विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदान प्रवेश गर्ने छन् ।

     यी दुबै खेलाडी भारतीय टोलीबाट पछिल्लो समय निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । राहुलले पहिलो पटक आइपिएलमा कप्तानी गर्दै छन् ।

    आजको खेलमा सन्दिपको खेल्ने सम्भावना पनि देखिएको छ ।  सिपिएल खेलेर सोमबार राती यूएई पुगेका सन्दीपको तीनै कोरोना परिक्षण नेगेटिभ आएको छ । सन्दीप पञ्जाबविरुद्ध छनोटका लागि उपलब्ध हुनेभएसँगैं उनको छनोटमा पर्ने सम्भावना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०३:४६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend