एजेन्सी- इन्डियन प्रिमियर लिग (आर्इपिएल) २०२० को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पन्जाबबीच खेल हुँदैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार ७ ४५ मा खेल सुरु हुनेछ ।
पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको विराट कोहली कप्तान रहेको बेंगलोर लगातार दोस्रो जित निकाल्ने सोचमा छ । लोकेश राहुल कप्तान रहेको पन्जाब पहिलो खेलमा सुपर ओभरमा दिल्लीसँग पराजित भएपछि दोस्रो खेल जित्ने तयारीमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।