काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स र सनराजर्स हैदरावाद भिड्दै छन् । आईपीएलको ११औँ खेलमा दिल्लीले हैदरावादसँग तेस्रो खेल खेलिरहेको हो ।
साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा हुने खेलमा दिल्लीतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सम्मेलित छन् । यसअघिका दुवै खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीप आजको खेलमा पनि सुरुवाती ११ मा पर्ने सम्भावना कम छ।
दिल्लीमा २ भारतिय स्पिनर भएका कारणपनि सन्दीप विकल्पको रुपमा मात्रै रहँदै आएका छन्। दिल्लीले पहिलो खेलमा रविचन्द्रन आश्विनलाई खेलाएको थियो।
दोस्रो खेलमा लेग स्पिनर अमित मिश्रालाई मौका दिएको थियो। आजको खेलमा पनि आश्विनले खेल्ने सम्भावना कम छ।
सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए।
पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि सन्दीपलाइ मौका दिएको थियो।दिल्ली अंकतालिकाको शीर्ष स्थानमा रहँदा हैदरावाद पुछारमा छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।